बिहिबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १ लाख ४८ हजार ५०९ पुग्यो संक्रमित

काठमाडौं, ६ कार्तिक । पछिल्लो २४ घण्टामा आज थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ। ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्