असइ गोविन्द विकको शव भेटीएकै नजिक जवान साउदको शव भेटियो
काठटमाडौं, ४ कार्तिक । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ ।
प्रहरी बिटका इन्चार्ज ९असइ०गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो ।
शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेको प्रहररीको प्रारम्भिक रिपोर्ट छ ।
विकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्कविहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।




प्रतिक्रिया दिनुहोस्