गृह मन्त्रालयले भन्यो -संकटकाल र कर्फ्यु लाग्ने सूचना गलत हो(प्रेस विज्ञप्तिसहित)

काठमाडौं , कार्तिक ३ । सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।

गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल(कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।

एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्