कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौं , कार्तिक २। कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।
शनिबार मात्रै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैबीच नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्