थप २९ सय ४२ मा कोरोना पुष्टि, उपत्यकामा मात्रै थपिए १६ सय ९८ संक्रमित , २३ सय २६ निको भए
काठमाडौं, कार्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण देखिएको बताए।
उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १४ हजार ८७५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै आज थप २ हजार ३२६ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ।
यो कुल संक्रमितको ६९।७ प्रतिशत हो।यसैबीच काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको बताए।
ल्अभिि
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ४६९ , भक्तपुरमा ९९ र ललितपुरमा १३० जनामा कोरोना पुष्टि भएको बताए।











प्रतिक्रिया दिनुहोस्