दसैं भत्ता नलिने नेता रावलको घोषणा, भने- मेरो खातामा राखिएको रकम फिर्ता लगियोस्

काठमाडौँ, कार्तिक २ । नेकपा नेता भीम रावलले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन्।

साथै उनले यस्तो विषम परिस्थितिमा कुनै जनप्रतिनिधिले पनि उक्त भत्ता लिन नहुने सुझाव दिएका छन्। ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्,ङ्घ नेता रावलले ट्विटरमा लेखेका छन्, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’

आइतबार सामाजिक सञ्जालमार्फत नेता रावलले सांसदले दसैं भत्ता नलिने व्यवस्था गर्न माग पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्