कोरोना कहरः काठमाडौं उपत्यकामा मात्रै ५३ हजारभन्दा बढी संक्रमित

काठमाडौं, कार्तिक २ । पछिल्लो समय नेपालमा कोरोनाका संक्रमित तथा कोरोनाबाटै ज्यान जानेको संख्या बढिरहेको छ । अरु ठाउँ भन्दा काठमाडौं उपत्यकामा दिनहुँ संक्रमित फेला परिरहेका छन् । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो।तीमध्ये पनि काठमाडौं जिल्लाका मात्रै ४३ हजार ३०६ जना छन्। यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ।

तर संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना निको भएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ।मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित छन्।

यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ। ललितपुरमा अहिले सक्रिय संक्रमित २ हजार ६९३ जना छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् भने ३९ जनाको मृत्यु भएको छ। हाल भक्तपुरमा १ हजार क२१४ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्