बसपार्कमा छैनन् यात्रु, यो वर्ष सरकारले दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने
काठमाडौं , कर्तिक २। सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ ।यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै सुस्त भएकाले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नदेखिएको भुसालले बताए ।
‘
यता बस कम्पनीहरुले भने बसपार्क पुग्नेहरु धेरैलाई टिकट सकिएको भन्दै फर्काइरहेका छन् । कतिले टिकट काटेपनि बढी भाडा लिइएको गुनासो यात्रुले गरिरहेका छन् ।विभागले भने बढी भाडा लिइए ट्राफिक पहरीलाई खबर गर्न आग्रह गरेको छ ।
काठामाडौंमा गोगंबु बसपार्क, पुरानो बसपार्क, काटेश्वर, गौशाला, बालाजु, कलंकी लगायतका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएकाले बढी भाडा लिए त्यहाँ गएर खबर गर्न पनि सकिने प्रवक्ता भुसालले बताए ।
यात्रु आफैंले पनि सचेत भएर बढी भाडा तिर्न नहुने भन्दै भुसालले बढी भाडा लिनेमाथि विभागले पनि अनुगमन गरेर कारबाही चलाइरहेको दावी गरे ।व्यवसायीहरुले सुरुबाटै यो वर्ष दशैंको अग्रिम टिकट बुकिङ खोल्न नपर्ने बताउँदै आएका थिए । आधा सिटमा मात्रै यात्रु बोक्दा पनि पर्याप्त यात्रु नपाएकाले पहिल्यै टिकट बुक गर्न आवश्यक नभएको तर्क उनीहरुको थियो ।
विभागले भदौ २० गतेबाट बुकिङ खोल्न आग्रह गरे पनि व्यवसायीले अस्वीकार गर्दै आएका थिए । विगतमा दशैंमा बेला १ लाख व्यक्तिको आवात(जावत हुने दसैँको यो समयममा अहिले मुस्किलले करिब २० हजार व्यक्ति मात्रै आवत(जावत गरिरहेकाले बुकिङ खोल्न आवश्यक नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बताएको छ ।
यद्यपि कतिपय कम्पनीले गाहकको सुविधाका लागि अग्रिम बुकिङ खोलेको दाबी महासंघको छ ।यसैबीच नेपालीको महान् पर्व दसैं सुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन्।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन्।
विगतका वर्षमा दसैंको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरू घन्टौं बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोरोनाको समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दसैंको समयमा समेत यात्रुहरू छैनन्।











प्रतिक्रिया दिनुहोस्