सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने
काठमाडौं , कार्तिक २। सिटिजन्स बैंक इन्टरनेसनले तिनाउ मिसन डेभलमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ ।तिनाउ मिसनलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्रमा हिजो (शनिबार) दुवै संस्थाका तर्फबाट हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सिटिजन्स बैंकक तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समिति संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समिति संयोजक राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरे ।
बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी सम्झौता गरेको हो ।
आज (२०७७ कात्तिक २ गते) सम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गरेपछि बन्ने बैंकको कुल निक्षेप करिब एक खर्ब १५ अर्ब रुपैयाँ पुग्ने बैंकले विज्ञप्ति जारी गर्दै जनाएको छ । यस्तै बैंकको कर्जा लगानी करिब ९८ अर्ब रुपैयाँ पुग्नेछ । यस्तै प्राप्तिपश्चात बैंकको कुल शाखा १६४ पुग्नेछ ।
हालको सिटिजन्स बैंकको चुक्ता पुँजी नौ अर्ब आठ करोड रुपैयाँ छ भने तिनाउ मिसनको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ छ । बैंकले सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए) अनुसार हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्