नयाँ मन्त्रीले सपथ खाएकै दिन १० सचिवको सरुवा, कुन मन्त्रालयमा को ?
काठमाडौं , असोज ३० । सरकारले १० सचिवको सरुवा गरेको छ । रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा गरेको गरिएको हो । तीन जना मन्त्रीहरूले शपथ लिएपछि विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको हेरफेरको निर्णय लिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमामा सरुवा गरिएको छ ।
को कहाँ भए ?
– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, युवा तथा खेलकुद मन्त्रालयमा ।
– खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सार्वजनिक खरीद अनुगमन कार्यालयमा ।
– प्रधानमन्त्री कार्यालयका सचिव केदार न्यौपाने, उपराष्ट्रपतिको कार्यालयमा ।
– उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराल, प्रधानमन्त्री कार्यालयमा ।
– भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, जल तथा उर्जा आयोगमा ।
– जल तथा उर्जा आयोगका सचिव रमेशप्रसाद सिंह, शहरी विकास मन्त्रालयमा ।
– काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ।
– सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा ।
– प्रधानमन्त्री कार्यालयका यादव कोइराला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ।
– सहरी विकासका मधुसुदनप्रसाद अधिकारी, ऊर्जामा
यता मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताएका छन् ।प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद विस्तारप्रति प्रचण्ड र माधव नेपाल पक्षले भने असहमति जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्