शहरको साँस्कृतिक पहिचानको संरक्षण गर्दै शहरको विकास गरिन्छ: नवनियुक्त मन्त्री श्रेष्ठ
काठमाडौं, २९ असोज । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मावलीले श्रेष्ठलाई शहरी विकास मन्त्रीमा नियुक्त गरेपछि आजै पदभार ग्रहण गरेका हुन् ।
मन्त्री श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले काठमाडौं उपत्यका सांस्कृतिक विषय अध्ययनरत विद्यार्थीहरुका लागि खुल्ला विश्वविद्यालय भएकाले यसको पहिचान, सांस्कृति संरक्षण, गरेर मात्र शहरी विकासको कार्य अगाढी बढाउने बताए । काठमााडैं उपत्यका साँस्कतिक धरोहर बोकेको शरहर भएकाले पहिचान जागाउनु नै मुख्य दायित्व भएको बताए ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने स्पष्ट समेत प्रष्ट्याएका छन् । उनले आजै राष्ट्रपतिको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्