सोह्रखुट्टेको एक घरमा ग्यास विस्फोट, ४ जना घाइते, तीनजनाको अवस्था गम्भीर
काठमाडौं , असोज २८ । काठमाडौंको सोह्रखुट्टेमा किरियापुत्री बसेको घरमा ग्यास विस्फोट भएको छ । सोह्रखुट्टेको एक घरमा ग्यास विस्फोट भएको काठमाडौं प्रहरीले जनाएको छ ।
विस्फोटबाट घरमा क्षति पुगेको छ भने ४ जना घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर भएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।
घाइतेहरुलाई मनमोहन अस्पताल लगिएको छ ।















प्रतिक्रिया दिनुहोस्