सिटिजन्स बैंकले ग्राहकका लागि ल्यायो यस्तो सुविधा

काठमाडौं , असोज २८ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ ।

हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा आधारभूत बैंकिङ् सेवा प्रदान गनैं र डिजिटल माध्यमबाट कारोबा गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको जनाएको छ ।बैंकका ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएको बैंकले जनाएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने, कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाइएको छ ।

साथै कोभिड(१९ को त्रास अफैं निकायमा रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुविधा प्राप्त गर्न सहज होस् भनी मोबाइल बैकिङ्, इन्टरनेट बैकिङ्, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्