७० जना संक्रमित भेन्टिलेटरमा र ३०५ जना आईसीयूमा, डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार नाघ्यो

काठमाडौं, असोज २८ । नेपालमा कोरोना संक्रमितमध्ये ७० जनाको विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ, प्रदेश २ मा एक र बागमती प्रदेशमा ५६ जना भेन्टिलेटरमा छन्।

यस्तै लुम्बिनी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा तीन जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

देशका विभिन्न अस्पतालका आईसीयूमा ३०५ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३९, प्रदेश २ मा १९, बागमतीमा १६६ जना संक्रमित आईसीयूमा छन्।

गण्डकीमा ६, लुम्बिनीमा ५३, कर्णालीमा १८ र सुदूरपश्चिममा चार जना संक्रमित आईसीयूमा छन्। यसैबीच त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार नौ सय ५४ पुगेको छ ।

अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्