प्रभु लाइफ इन्स्योरेन्सको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ
काठमाडौं , असोज २८ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न गरेको छ ।रेटिङ एजेन्सी इक्रा नेपालले उक्त कम्पनीको आईपीओलाई मध्यम जोखिमको संकेत गर्ने ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज १४ गते निवेदन दर्ता गराएको छ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ४० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू। २ अर्ब चुक्तापूँजीका लागि उक्त कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्