भुटानसँगको हार पछि माल्दिभ्सको सामना गर्दै नेपाल

काठमाडौं । उपाधि रक्षाको योजना सहित भूटान यात्रामा निस्केको नेपालले पहिलो खेलमै हार व्यहोर्न परेको छ । साफ यू १८ फुटबल च्याम्पियनसिप बुधबार पहिलो खेलमा नेपाल आयोजक भुटानसँग १–० ले पराजित भएको थियो ।

भुटानले प्रतियोगितामा लगातार दुई खेल जित्दै बलियो दाबेदारी प्रस्तुत गर्दा नेपाल भने पहिलो जितको खोजीमा हुनेछ । आज नेपालले माल्दिभ्सको सामना गर्दैछ ।

पहिलो खेलमा विपक्षीमाथि दबाब सिर्जना गरेपनि नेपालले गोल गर्न सकेन थिएन । भुटानले खेल सकिन ५ मिनेटअघि प्राप्त पेनाल्टीमा गोल गर्दै नेपालविरुद्ध पहिलो जित गरायो ।
पाँच राष्ट्रको सभागिता रहेको प्रतियोगिता राउन्ड रोविनका आधारमा भइरहेको छ । सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ ।

प्रतियोगितामा भुटान र बंगलादेशको समान ६ अंक छ भने नेपाल , भारत र माल्दिभ्स अंक विहिन छन् । भारतले पहिलो खेल बंगलादेशसँग ४–३ ले हार व्यहोरेको थियो । अन्य खेलमा माल्दिभ्स भुटानसँग १–० ले र बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्