अलाएन्स क्लब नेपालको औपचारिक घोषणा, पाँच वर्षमा हस्पिटल निर्माण गर्ने

काठमाडौं । एसोसियसन अफ अलाएन्स क्लब ईन्टरनेसनल, डिष्ट्रिक १०२३ (नेपाल)को औपचारिक घोषणा भएको छ । १५ वर्ष अघि भारतबाट सुरु भई हाल २० देशमा आफ्नो संजाल फैलाई सकेको क्लबले नेपालका लागि अलाएन्स अरुणराज सुमार्गी संस्थापक गभर्नर रहने गरि १२ सदस्यीय कार्यसमिति गठन गरि क्लबको औपचारिक घोषणा गरेको हो ।
कार्यसमितिको फष्ट भिडिजीमा आर्किटेक्ट इन्जिनियर अलाएन्स किच चित्रकार, सेकेण्ड भिडिजीमा एनजीओका ज्ञाता अलाएन्स नन्दराज पोखरेल, थर्ड भिडिजीमा महिला उद्यमी अलाएन्स धना आचार्य, डिष्ट्रिक सेक्रेटरीमा आइटी इन्जिनियर अलाएन्स दिनेश लम्साल, डिष्ट्रिक ट्रेजरमा आइटी इन्जिनिय अलाएन्स राउल रेग्मी, डिष्ट्रिक पब्लिक रिलेशनसिप अफिसरमामा अलाएन्स शुष्मा कोइराला रहेका छन् ।
यस्तै क्लबमा काठमाडौंबाट अलाएन्स कृष्ण बिश्वकर्मा, पोखराबाट अलाएन्स महेश पौडेल, अलाएन्स वीरगञ्जबाट रागव आचार्य र हेटौँडाबाट अलाएन्स गौरि चिमोरिया सदस्य छन् ।

एसोसियसन अफ अलाएन्स क्लब ईन्टरनेसनलका अध्यक्ष थिरुपती राजु प्रमुख अतिथी रहेको सो कार्यक्रममा अन्य अतिथीहरुमा पूर्व अध्यक्ष अलाएन्स कुल्दीप सिंह, अलाएन्स अनुप मित्तल, अलाएन्स ए.सि ओहरि, अलाएन्स सचिब बाला गङ्गाधर सास्त्री, कोषाध्यक्ष अलाएन्स आर.माथिवन, अलाएन्स भि.एम राव र अलाएन्स पंकज श्री वास्तब रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अलाएन्स सुमार्गीले क्लबले आगामी ५ वर्षभित्र नेपाल सरकार सहकार्य गरेर नेपालमा ब्रेष्ट क्यान्सर हस्पिटलू निर्माण गर्ने लक्ष्य रहेको बताए । उनले क्यान्सर उपचारको लागि प्रविधियुक्त हस्पिटल बनाएर सरकारलाई हस्तान्तरण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । १५ वर्ष अघि भारतबाट सुरु भएको क्लबको हाल २० देशमा ३० हजार भन्दाबढिले सदस्यता लिईसकेको उनले बताए ।
आफुले कमाएको केहि रकमबाट समाज सेवा गर्ने उदेश्यका साथ स्थापना गरिएको समाजिक संस्थाले एक वर्षमा ४० वटा क्लब पुर्याउने लक्ष्य रहेको थर्ड भिडिजी अलाएन्स धना आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्