हुम्लामा सीमा विज्ञ पठाउन कांग्रेसका वरिष्ठ नेता पौडेलको माग

काठमाडौं , असोज २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुम्लामा सीमा विज्ञ पठाउनुपर्ने माग गरेका छन् । वरिष्ठ नेता पौडेलले बुधबार ट्वीट गर्दै त्यस्तो माग गरेका हुन् ।

स्थलगत अध्ययनको प्रतिवेन पूरा नआई सरकारले प्रतिक्रिया दिएकाले जनतासँग माफी माग्दै जीवन शाही नेतृत्वको टोलीको माग अनुसार विज्ञ टोली पठाई सत्यतथ्य पत्ता लगाउनुपर्ने उनको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले ट्वीटरमा उल्लेख गरेका छन्–‘स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकार, जनतासित माफी मागोस् र माननीय जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्