सानिमा बैंकले गर्यो १३.६ प्रतिशत लाभांश घोषणा
काठमाडौं , असोज २८ । सानिमा बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
जसमध्ये १० प्रतिशत बोनस शेयर दिने बताइएको छ भने ३.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
१० प्रतिशतले बोनस वितरण गरेपछि कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँले वृद्धि हुनेछ । यसअधि पनि सानिमा बैंकले १० प्रतिशत बोनससहित २१।०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
सानिमा बैंकले लाभांस धोषणा गरेपछि बुधबार सानिमा बैंकको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् ।
कारोबार रकम, शेयर संख्या र कारोबार संख्याका आधारमा अग्र स्थानमा रहेको छ भने शेयर मूल्य पनि बढ्ने क्रममानै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्