कोराना संक्रमित ह्वात्तै बढ्यो, काठमाडौं, काठमाडौं उपत्यकामा थप २२८३ जनामा संक्रमण
काठमाडौं, असोज, २६ । देशभर कोरोनाभाइरस संक्रमित थपिने क्रम अत्यधिक बढेको छ । लामो लकडाउनपछि हाल जनजीवन सामान्य अवस्थामा फर्किँदै गरेपनि पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाइँदा काठमाडौं उपत्यकासहित देशभर संक्रमण तीव्र गतिमा बढेको हो । पछिल्लो दिनको तथ्यांकलाई हेर्ने हो भने संक्रमित पहिचान हुने दर बढ्दो देखिन्छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८८८ भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै उपत्यकासहित देशभर आज १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।
हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड दसैँ भित्रिन लागेको अवस्थामा कोरोना संक्रमणको अवस्था बढ्दै गएपछि चिन्ता थपिएको छ भने दशैँमा हुने चहलपहलले कस्तो नतिजा निस्केला भन्नेमा भय अर्कोतिर छ ।
यहीबीचमा सोमबार पनि उपत्यकासहित देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् । यस्तै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए । हाल मनाङमा मात्रै कोरोनाको सक्रिय संक्रमित छैनन् । भने बाँकी ७६ जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
देशभर कोरोना संक्रमितमध्ये २७९ जना आईसीयु र ६७ जना भेन्टिलेटरमा रहेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ ।















प्रतिक्रिया दिनुहोस्