सबै शल्यक्रिया स्थगित गर्न निर्देशन

काठमाडौं, २६ असोज । कोरोनाको संक्रमण बढ्दै गएपपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ ।

अस्पतालहरुमा कोरोना संक्रमणका विरामीहरूलाई बेड तथा आएसियू र भेन्टिलेटर उपलब्धत गराउन कठिन भएको भन्दै उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई नियमित शल्यक्रिया गर्न पाउने गरी निर्देशन दिइएको जानकरी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै डा. गौतमले यसरी नियमित शल्यक्रिया हाललाई स्थगन गर्दा कोराना संक्रमितलाई उपचारमा सहयोग पुग्ने बताए । साथै उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाइने समेत मन्त्रालयले जनाएको छ ।

त्यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरूमा वितरण गरी आवश्यक व्यवस्थापन समेत गरिने प्रवक्ता गौतमले बताए ।
पछिल्लो अवस्थामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्र्द गएको छ ।

प्रतिक्रिया दिनुहोस्