आइपीएलमा मुम्बईको पाँचौ जित, दिल्ली ५ विकेटले पराजित
काठमाडौं , असोज २६ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौ जित निकालेको छ ।
अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको हो ।
जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो ।
दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । यसैबीच आज साँझ रोयल च्यालेन्जर बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्