अर्किडको विजयी सुरुआत
काठमाडौं । आयोजक अर्किड स्कुलले तेश्रो अर्किड कप अन्तर विद्यालय छात्र सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
गोठाटारस्थित घरेलु मैदानमा अर्किडले निर्मल ज्योतिलाई २–० गोलले पराजित ग¥यो । दीपेश बुढाथोकी र शितल कार्कीले गोल गरे । निर्मल ज्योतिका प्रदीप तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को खेलमा डिफेन्डिङ च्याम्पियन नेक्ससले श्रमशील विद्या पीठलाई २–० गोलले हरायो । मनीष बारिया र शिव आलेले गोल गरे । श्रमशीलका राजु गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए ।
प्रतियोगिताको प्रदेश सभासद् मणिराम फुयालले एक कार्यक्रमबीच उद्घाटन गरे । नकआउट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको अर्किडका निर्देशक प्रेमकुमार भुजेलले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्