कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदद्वारा अविश्वासको पत्र दर्ता

काठमाडौं, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।

३३ जना संसद रहेको प्रदेशमा १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।कर्णाली प्रदेशमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैकै सांसदहरु सरकारको कामसँग असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्