राप्रपाले एकैपटक थप्यो ४ सय केन्द्रीय सदस्य

काठमाडौं, असोज २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समिति विस्तार गरेको छ ।

पार्टी एकिकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ९आइतवार० ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्य समिति निर्माण भएको हो ।

एकिकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्