कोरोना महामारी: विदेशमा थप १७ नेपालीको मृत्यु, मृतकको संख्या २८१ पुग्यो

काठमाडौं,, असोज २५ । विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ।

गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्यान्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन्। ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन्। संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

यस्तै नेपालमा मात्र १ लाख ५ हजार ६ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ७४ हजार २ सय ५२ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो। हालसम्म नेपालमा ६ सय १४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्