सरकारले सार्वजनिक गर्यो चाडपर्व मापदण्ड, के गर्न पाइने,के नपाइने ?
काठमाडौं , असोज २५ ।नेपालीका ठूला चाडहरु दशैं, तिहार, छठ घरआगनमै आएको छ । तर यसपाली भने कारोना महामारीले मानिस र समाजलाई सन्त्रस्त बनाएको छ । अरु वर्ष झै यो वर्ष दशैं नहुने भएको छ । कोरोनाले गर्दा यी हाम्रा ठुला चाडपर्व अलि खल्लो हुने आमसमुदायमा चिन्ता छ ।
यता यस्तोमा सरकारले यस वर्षको चाडपर्व मनाउनका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । सरकारले कोरोना माहामारीका कारण यसको वर्षको दशै तिहार लगायतका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामक रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।
दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले आग्रह गरेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको १ जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गर्नुभयो ।
पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यसबर्ष सकेसम्म कुने कार्यक्रमहरु आयोजना नगर्न पनि आग्रह गरिएकको छ यदि गर्ने पर्ने कार्यक्रमहरु भएका कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन समेत आग्रह गरीएको छ ।
दशैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयको निर्देशन छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने भनिएको छ ।
एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नुपर्ने मन्त्रालयले बनाएको नियममा उल्लेख छ । सकेसम्म घर परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गरिएको छ ।
देवीदेवताका मूर्ति नछुन, सार्वजनिक स्थालमा नथुक्न, पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न मन्त्रालयको आग्रह छ ।कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन मापदण्डमा उल्लेख छ ।
ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्षमाथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोक प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।
भर्खरै सर्जरी गरेका, अंग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरुलाई भीडभाडमा नजान भनिएको छ ।चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउनु पर्नेछ । धार्मिक स्थल तथा मेला पर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्नु पर्नेछ । अंगालो मार्न वा शरीर छुन पाइने छैन ।











प्रतिक्रिया दिनुहोस्