कुँवरद्वारा १४ सय ५० जनालाई राहत वितरण, बाजा संरक्षण अहिलेको चुनौती

काठमाडौं, २४ असोज। सामाजिक सेवामा छुट्टै पहिचान बनाएका वाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरले आज २३ औं चरणको राहत वितरण गरेका छन् ।
चक्रपथ सरसफाई अभियानको आयोजनामा शनिबार भएको कार्यक्रममा नौमती बाजा बजाउनेलाई सहित ५० जनालाई राहत वितरण गरिएको उनले जनाए । कुँवरले अहिलेसम्म १४ सय ५० जनालाई राहत बाँडि सकेकाछन् । कोरोना भाइरसको त्रासका बीच भएको लकडाउन, निषेधाज्ञासहित मानिसको हातमुख जोर्न नसकी दैनिकी संकटपूर्ण भएकोले राहत वितरण गरिएको उनको भनाई छ । उनले राहत वितरणसँगै रक्तदान अभिायन पनि चलाएका छन् । पाँच पटकमा गरी १ सय ६३ जनाले रक्तदान गरेका छन् । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् ।
नौमती बाजा बजाउनेको पेशा संकटमा परेकाले राहत स्वरुप दाल, चामल, तेललगायतका सामग्री उपलव्ध गराइएको जनाइएको छ । उनीहरुले कार्यक्रममा नौमती बाजा पनि बजाएका थिए ।बागमति प्रदेशसभाका विपक्षी दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नौमती बाजा बजाएर गुजारा गर्ने एक महिलाकी छोरीलाई मिर्गौलाको समस्या भएपछि उनका लागि पनि नगद जुटाइएको थियो । प्रमुख अतिथि बानियाले २ हजार, निर्माण व्यवसायी हिरानन्द महर्जनले ५ हजार र कुँवरले पनि २ हजार रुपियाँ सहयोग गरेका थिए ।
प्रमुख अतिथि कांग्रेस नेता बानियाले नौमती बाजा बजाउनेलाई कला संस्कृतिको जगेर्ना गर्न भन्दै सहयोगस्वरुप ५ हजार रुपियाँ उपलव्ध गराएका थिए । उनले नौमती बाजा बजाउने पुरानो चलन र संस्कृति भए पनि पछिल्लो समयमा लोप हुँदै गएकामा चिन्ता व्यक्त गरे । बानियाले जुनसुकै जातजातिले पनि बाजा बजाएर आफ्नो कलालाई देखाउन सकिने भन्दै बाजा संरक्षण अहिलेको चुनौती भएको उल्लेख गरे । उनले त्यो समूहलाई प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउनका लागि पहल गरिदिने समेत स्पष्ट पारे ।
बानियाले कुँवरको कामको उच्च प्रशंसा गर्दै राहत वितरणसँगै चक्रपथ सरसफाई अभियानले अलग्गै पहिचान बनाएको बताए । उनले कुँवरको जस्तै अन्य व्यक्ति तथा समुदायलाई पनि सँगै कुँबरसँग मिलेर सामाजिक सेवामा संलग्न हसन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्