कोभिड–१९ कार्टुन सङ्ग्रह बजारमा आयो

काठमाडौँ, २४ असोज । कलाकार तथा कार्टुनिष्ट राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह शनिबारबाट बजारमा आएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले समाजमा एक खालको डरत्रतस तथा कौतुहल भईरहको अवस्थामा कोराना भाइरस के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्नका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे सो प्रकाशित कृतिमा कार्टुन मार्फत सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई लक्षीत गरि बजारमा ल्याइएको सो पुस्तकमा कोरोनाका विषमा संवेदनशील हुन आग्रह गरिएको छ । सो सङ्ग्रह काठमाडौँ महानगरपालिका (कामपा)–७ ले प्रकाशन गरेको हो ।
शनिबार काठमाडौंमा आयोजित सो पुस्तक लोकार्पण कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समय सापेक्ष विषयवस्तुलाई सिर्जना मार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुुभयो ।
यस्तै बूढानिलकण्ठ स्कुलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र सबै पक्षका लागि महत्वपूर्ण रहेको बताउनुुभयो ।
सामूदायिक विद्यालयका प्रतिनिधि चन्द्रकान्त पण्डित, निजी विद्यालयकातर्फबाट पूर्ण रावल, नेपाल जेसीजको उपाध्यक्ष शोभा खरेललगायतले कोरोना भाइरसले आक्रान्त अहिलेको विषम परिस्थितिमा पनि सर्वसाधारणलाई कसरी सामाजिकरण गर्न सकिन्छ ? भन्नेबारे कृति केन्द्रीत रहेको विचार व्यक्त गर्नुुभयो । कृतिले कोरनो भाइरबाट अ नआत्नि र हेलचेक्राई नगर्न समेत सन्देन दिएको औल्याए ।
राष्ट्रिय दैनिक पत्रिकामा उत्कृष्ट कार्टुन निर्माण गर्दै आउनु भएका कलाकार मानन्धरले कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने सन्देशमूलक सोचका साथ कार्टुन मार्फत समाजमा केही सूचना वा शिक्षा प्रदान गर्ने उदेश्यका साथ कृति प्रकाशन गरेको बताउनुभयो । समाजका विभिन्न तह र तप्काका व्यक्तित्वहरुको सहयोग र टेवामा कति बजारमा ल्याउन सफल भएको उहाँले बताउनु भयो । कृति सबै पक्षले अध्ययन गरेमा धैरै ज्ञान हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्