सकियो ओली प्रचण्डबीचको छलफल, के भयो कुराकानी ?

काठमाडौं, असोज २४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको बैठक सकिएको छ ।शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता बिना निष्कर्ष सकिएको छ ।

भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको स्रोतले बताएको छ । मन्त्रिमण्डल पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकताका काम टुंगाउने विषयमा शनिवार पनि नेकपाका दुई अध्यक्षबीच सहमति जुटन सकेन ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको तीन घन्टा लामो छलफलमा ठोस सहमति नभएको बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच कुरा मिलेको छैन ।गत भदौ २६ मा बसेको स्थायी कमिटीको बैठकपछि नियमित छलफलमा छन् ।

तर, प्रधानमन्त्री ओली र प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक र नियुक्ति पार्टी एकीकरणका बाँकी काम सक्ने विषयमा सहमति जुटाउन भने असफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्