नेपाल अर्वुद रोग निवारण संस्थाद्वारा वृहत रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, २४ असोज । नेपाल अर्वुद रोग निवारण संस्था ललितपुरको अगुवाईमा वृहत रक्तदान कार्यक्रम आयोजना भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइर (कोभिड १९) को संक्रमणले गर्दा रगतको चरम अभाव रहेको र रगत अभावका कारण कर्याैं मानिसहरु चौतर्फि भौतारिनु परेको अवस्थालाई मध्यनजर गर्दै संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

शनिबार ललितपुरको लगनखेलमा भएको उक्त रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको छ । त्यसमध्ये ३४ जना पुरुष र ११ जना महिला रहेको नेपाल अर्वुद रोग निवारण संस्था ललितपुरका अध्यक्ष शैलेन्द्रलाला प्रधानले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ एल, डिलक्स रेडियो सर्भिस, लगनखेल समाज, बुद्धी विकास मण्डल र गतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड समेतको संयुक्त सहकार्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान जीवन दान भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपाल सरकारको नीति अनुरुप रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष शैलेन्द्रलाला प्रधानले बताउनु भयो । उहाँले रगत अभावका कारण ज्यान समेत गुम्ने अवस्था रहेको बेला यस्ता रक्तदान कार्यक्रमले बिरामीलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्