सरकारले डा .केसीलाई भन्यो – अनशन अन्त्य गर्नुहोस्
काठमाडौं , असोज २४। सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा। केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको हो।
आज एक विज्ञप्ति जारी गर्दैै सरकारी वार्ताटोलीले डा। केसीले उठाएका अधिकांश माग कार्यान्वनको चरणमा रहेको र केही अध्ययनको क्रममा रहेको भन्दै कोरोनाको विद्यमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तत्काल अनसन अन्त्य गर्न आग्रह गरेको छ ।
‘नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आत्मासाथ गर्दै आफ्नो अनशन अन्त्य गरिदिनु हुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ’, सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
असोज २२ र २३ गते भएको वार्तामा सरकारले आफ्नो तर्फबाट डा. केसीले उठाएका मागबारे स्पष्ट पारिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्