जसपाले डाक्यो कार्यकारिणी समितिको बैठक

काठमाडौं , असोज २४ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको जसपाले जनाएको छ ।

कात्तिक ३ र ४गते अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।

तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।अबको बैठकमा भने के हुन्छ त्यो समयले बताउने छ ।

प्रतिक्रिया दिनुहोस्