सनराइज बैंकद्वारा भाटभटेनी सुपरमार्केटमा सामान खरीद गर्दा विशेष छूट

काठमाडौं , असोज २४। नराइज बैंकले भाटभटेनी सुपरमार्केटमा सामान खरीद गर्दा अब विशेष छूट दिने भएको छ । बैंकले डेविट कार्ड वा क्रेडिट कार्डबाट भाटभटेनी सुपरमार्केटमा सामान किन्दा विशेष छूट दिने योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत सामान खरीद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम रू.५०० सम्म तत्काल छूट पाउने व्यवस्था गरिएको भन्दै कम्पनीले १३औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागि योजना ल्याएको पनि बताएको छ ।

कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरु शुरु गर्दै लैजाने योजना अनुसार चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी ग्राहकहरुका लागि विशेष योजना ल्याएको उक्त कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्