आउन थाल्यो जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ लगानीकर्ताको खातामा
काठमाडौं, असोज २४,। जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा आउन शुरु गरेको छ ।
कम्पनीको आईपीओ सीडीएससीले लगानीकर्ताको खातामा पठाउन शुरु गरेको हो । उक्त कम्पनीको आईपीओ २ लाख ७३ हजार जना लगानीकर्ताले १० कित्ताको दरले पाएका थिए ।
उक्त कम्पनीको आईपीओले ओपनिङ रेञ्ज रू। १०१ दशमलव ७६ देखि रू। ३०५ दशमलव २८ सम्म पाउने सम्भावना रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज९नेप्से० ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो ।
प्रतिक्रिया दिनुहोस्