अनसनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन
काठमाडौं, असोज २४ । अनसनरत डा। गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन नबनेको भन्दै प्रदर्शन गरिएको हो ।
माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै रु’ लगायतका नारा लगाएका छन ।
वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाइ छ । बिहीबारबाट डा। केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुन सकेको छैन । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाइ रहेको छ । केसी पक्षले यसअघि नै विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ । सरकार र गोविन्द केसीको तर्फबाट वार्ता टोली गठन भएको छ ।
वार्ता भए पनि सहमतिमा पुग्न सकेको छैन । अनशनरत डा। केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।यता चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा। केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार गएका छन् । डा। केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटार पुगेको उनीनिकट स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्