कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

काठमाडौं , असोज २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ व्यक्ति आइसोलेसनमा नबसेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समयमा कोरोना संक्रमित आइसोलेसनमा नबसेको गुनासो आएको हुँदा यदि त्यस्तो पाइएमा संक्रमण रोग ऐन २०२० बमोजिम ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएका हुन् ।

उनल भने, “कोरोना संक्रमित आइसोलेसनमा नबसेको पाइएमा छिमेकी अथवा आफ्न्तले अनुगमन गरेर हामीलाई खबर गरिदिन हुन उनले अनुरोध गदछौँ ।”

कोरोना पोजेटिभ व्यक्ति बाहिर हिँडेको र अरुको सम्पर्कमा आएको गुनासो बढेको हुँदा गृह मन्त्रालय र जिल्ला प्रशासनलाई स्वस्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्