सरकारले भन्यो– यसपालि दसैंमा बुढापाकाबाट टीका नलगाउनू , फोन वा अनलाइनबाटै आशीर्वाद लिनुस्

काठमाडौं, असोज २३ । सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रा।डा। जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरेका हुन्।

धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ प्रवक्ता गौतमले भने बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ।  त्यस्तै प्रवक्ता गौतमले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुढापाकासँग टीका लगाउने क्रममा संक्रमण सर्ने र दुर्घटना निम्तिने जोखिम रहेको जनाए।

उनले यो दसैंमा बुढापाकाबाट अनलाइन माध्यमबाटै आशिर्वाद लिन समेत आग्रह गरेको छ। साथै, ठूलो भीडभाड गरेर टीका लगाउने वा खाने काम पनि नगर्न मन्त्रालयले आग्रह गरेको छ।

प्रवक्ता गौतमले यो दसैंमा धेरै भीडभाड गरेर किनमेल नगर्न भन्दै पुरानै लुगा लगाएर घरका सदस्यबीच मात्र दसैं मनाउनुपर्नेमा जोड दिए।सरकारले दसैंमा उपत्यकाबाट बाहिरिने व्यक्तिबाट परिवार, छरछिमेक र गाउँमै संक्रमण फैलिने जोखिम रहेको बताउँदै आएको छ।

उपत्यका अहिले संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले यो दसैंमा उपत्यकाबाट मानिसहरूलाई बाहिर नजान अपील गर्दै आएको छ।नेपालमा कोरोना संक्रमण हुनेको संख्या एक लाख नाघेको छ।गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ।

प्रतिक्रिया दिनुहोस्