काठमाडौं उपत्यकामा थपिए १४०९ संक्रमित, १६ सय ८० जना डिस्चार्ज

काठमाडौं , असोज २३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ४०९ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११६ , ललितपुरमा १६३ र भक्तपुरमा १३० कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ४०९ महिला र ७०७ पुरुष, ललितपुरमा ६१ महिला र १०२ पुरुष र भक्तपुरमा ५७ महिला र ७३ पुरुष रहेका छन् ।

बिहीबार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ गरी दुई हजार ५४० कोरोना संक्रमित थपिएका हुन् । यसैबीच आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ८० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्