लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री केसीलाई कोरोना पुष्टि

काठमाडौं, असोज २३ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् ।

रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गरेका थिए ।रुघाबाहेक स्वास्थ्यमा अन्य समस्या नरहेको कुँवरले बताए ।

कुँवरका अनुसार मन्त्री केसी हाल मन्त्री निवासमै आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्