परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त
काठमाडौँ , असोज २३ । रराष्ट्र मन्त्रालयको सचिव भरतराज पौड्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहिसचिव पौड्याललाई सचिवमा नियुक्त गरेको हो ।
शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो ।
मन्त्रालयको प्रवक्तासमते रहेका पौड्याल सबैभन्दा सिनियर सहसचिव थिए । उनी पछि सेवा लम्साल र अमृतकुमार राई थिए ।नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार ग्रहण गरेका छन् ।
लम्साललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको छ।















प्रतिक्रिया दिनुहोस्