कोरोना त्रासः सरकारको आग्रह – मन्दिरमा नित्य पूजा मात्रै गर्नू, पिङ नहाल्नू

काठमाडौं , असोज २२ । पछिल्लो समय सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । उपत्यकाभित्र बढेको चहलपहलका कारण सङ्क्रमणको खतरा अझ बढेको हो । यसरी संक्रमण बढ्दा सरकारले देशका मठमन्दिरमा नित्य पूजा मात्रै गर्न आग्रह गरेको छ। बिहीबार एकै दिन ४३ सयभन्दा धेरै संक्रमित भेटिएपछि मठमन्दिरहरुबाट पनि कोरोना फैलिन सक्ने भन्दै यस्तो आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले नजिकिँदो चाडसँगै गाउँ(सहरमा भीड बढेर अझै संक्रमण फैलिन सक्ने भएकाले सजगता अपनाउन भन्दै यस्तो आग्रह गरेका हुन्। काठमाडौंमा संक्रमण दर उच्च भएकाले उच्च सजगता अपनाउन आवश्यक भएको उनले बताए।

गौतमले सहरी क्षेत्रमा मास्क नलगाइ बजार जाने क्रमले समस्या बढाउने उल्लेख गरेका छन्।निषेधाज्ञा हटेपछि काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्