सरकार र केसी प्रतिनिधिबीचको वार्ता ४ बजे फेरि बस्ने गरि स्थगित

काठमाडौँ, असोज २२ । सरकार र डा गोविन्द केसी प्रतिनिधिबीचको वार्ता स्थगित भएको छ ।

अनसनरत डाक्टर केसीको माग सम्बोधन गर्न बिहानैदेखि शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । २ बजेसम्म चलेको वार्ता सकारात्मक भएको र फेरि ४ बजे बस्ने गरी स्थगित भएको डा केसीको तर्फबाट वार्तामा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले बताए ।

यसअघि भएको वार्तामा डा केसीका मागका हरेक बुँदामा सुक्ष्म छलफल गरिएको कार्कीले बताए । उनले सकेसम्म वार्ता छिट्टै टुंग्याउन दुवै पक्षले कसरत गरिरहेको जनाएका छन् ।डा। केसी गएको २५ दिनदेखि अनसनरत छन् ।

प्रतिक्रिया दिनुहोस्