६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्दै प्रभु लाइफ, दियो धितोपत्र बोर्डमा आवेदन

काठमाडौं , असोज २२ । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।गत साता आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्