डा. केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरुको धर्ना

काठमाडौं , असोज २२ । अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आन्दोलनरत चिकित्सकहरुले अस्पतालहरुको आकस्किम र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले बिहीबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् ।

चिकित्सकहरुले बिहिबार बिहानदेखि भने ९ देखि ११ बजेसम्म अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना समेत दिएका छन् । सरकारले गठन गरेको वार्ता टोलीले डा केसीको माग तत्काल सम्बोधन गरेर डा केसीको अनसन छिट्टै तोडिनेमा आफूहरु विश्वस्त रहेको धर्नामा बसेका चिकित्सकले बताएका छन् ।

संघले डा केसीको माग पुरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय पनि गरेको छ । डा केसीको मागप्रति सरकारले वास्ता नगरेको भन्दै चौतर्फी विरोध शुरुभएपछि सरकारले बुधबार डा केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्