एनएमबि बैंकको ग्राहकहरुलाई होटेल भिवान्तामा १५ प्रतिशत छुट
काठमाडौं, असोज २२ । एनएमबि बैंक र होटेल भिवान्ताबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । जसअनुसार एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेकी छिन् ।
एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्