डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली
काठमाडौं, असोज २१ । २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा रहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्राडा।केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् ।
२४ दिनअघि जुम्लाबाट आमरण अनसन सुरु गरेका डा। केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन्। १९ औँ पटकको सत्याग्रहमा रहेका उनले विगतका सहमति कार्यान्वयनसँगै दुर्गम क्षेत्रमा चिकित्सा पहुँचका लागि थप माग राखेका छन्।
उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदासमेत सरकारले वेवास्ता गरेको भन्दै आलोचना भइरहेका बेला सरकारले वार्ता टोली गठन गरेको हो।
आजै डा। केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। संघले आफूले सरकारलाई डा। केसीका माग सम्बोधन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि बिहीबारदेखि अन्दोलनमा उत्रिने घोषणा गरेको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा।केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्माओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए ।
बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्राडा केसीलाई आग्रह गरेको थियो । सरकारले प्राडा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ ।
यता सरकारसँग वार्ता गर्न डा। गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ ।
सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता टोली बनाए लगतै डा। केसीको तर्फबाट पनि डा। जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको हो । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।











प्रतिक्रिया दिनुहोस्