कोरोनाबाट थप १५ जनाको मृत्यु, काठमाडौंमा थपिए १६८४ संक्रमित
काठमाडौं, असोज २१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार २९६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा ५१८ महिला र ७७८ पुरुष, ललितपुरमा १३० महिला र १६३ पुरुष र भक्तपुरमा ४३ महिला र ५२ पुरुष रहेका छन् । मंगलबार काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा १६३ गरी एक हजार १७ कोरोना संक्रमित थपिएका थिए ।











प्रतिक्रिया दिनुहोस्