यसरी गर्नुहोस् गुर्जोको सेवन , बहुउपयोगी छ

काठमाडौं , असोज २१ । कोरोना संक्रमण बढ्दै गएपछि आयुर्वेदिक जडीबुटीको माग निकै बढेको छ । परम्परागत रूपमा प्रयोगमा आइरहेका विभिन्न जडीबुटी पछिल्लो समय निकै महत्वपूर्णका साथ प्रयोगमा आउन थालेको पाइन्छ । खासगरी प्रतिरोधी क्षमता बढाउने अस्वगन्धा, तुलसी, गुर्जो, मुलेचीजस्ता जडीबुटी क्वारेन्टाइनदेखि ठूला अस्पतालको आइसोलेसनमा समेत प्रयोग हुन थालेका छन् ।

भान्सामा वा घरवरिपरि सजिलै उपलब्ध हुने जडीबुटी कोरोनाको संक्रमणबाट बच्न प्रयोग हुन थालेपछि बजार मूल्य दोब्बर बढेको छ । यता यता पछिल्लो समय कोरोना भाइरसको उपचारमा आयुर्वेदिक जडिबुटीको पनि प्रयोग हुन थालेको छ गुर्जो । हाम्रै वरपर पाइने गुर्जोको पनि प्रयोग हुन थालेको हो ।

पछिल्लो समय कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि गुर्जो खाने गरिन्छ । यसले मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गरिन्छ । डाक्टरहरूले गुर्जो यसअघि कोरोना भाइरसको महामारीअघि पनि ज्वरो ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई पनि खान दिइन्थ्यो ।

दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन् ।गुर्जो बहुउपयोगी जडिबुटी भएकाले यसले शरीरमा भएका अवगुणलाई बाहिर फाल्ने काम गर्छ । डाक्टरहरूका अनुसार यसको प्रयोगले हामीलाई फाइदा हुन्छ ।

गुर्जोमा पाइने एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस पनि गर्न सक्छन् । गुर्जोले केही समयका लागि चिनीको मात्रा घटाउने गर्छ ।चिकित्सकका अनुसार गुर्जोको धुलो पाँच ग्राम उमालेर एक चौथाइ भएपछि दिनमा एकपटक खान सकिन्छ । यो नेपालमा धुलो वा डाँठका रुपमा उपलब्ध छ ।

डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिने चिकित्सकहरु बताउँछन् ।

गुर्जो खाना खानुभन्दा अघि त्यसले फाइदा गर्ने उनीहरूको सुझाव छ ।विश्वभर फैलिएको कोरोना भाइरसका कारण मानिसको जनजीवन अस्तव्यस्त छ । अझैसम्म खोप विकास हुन नसकेका कारण पनि कोरोना भाइरसले विश्वमा भयावह स्थिति सिर्जना बनेको छ । अहिलेको अवस्थामा गुर्जोलाई औषधीको रुपमा धेरैले लिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्