एनआईसी एशिया बैंकले ल्यायो तिहार लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना

काठमाडौं , असोज २० । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत दसैं, तिहार नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।

उक्त योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा दोस्रोपटक निःशुल्क पठाउन सकिनेछ । यो योजना सबैका लागि रहेको बैंकले जनाएको छ ।

उक्त विप्रेषण रकम बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउन्टर, ६४ वटा शाखारहित बैंकिङ एकाइ एवं १० हजार बढी सहायक प्रतिनिधिहरूमार्फत रकम प्राप्त गर्न सकिने जनाइएको छ । यो योजना असोज २० देखि मंसिर ५ गतेसम्म लागु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्